बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित
१४ पुस, काठमाडौं ।काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । ३५ तोला सुनसहित पक्राउ परेका डीएसपी केसीलाई गृह मन्त्रालयले निलम्बन गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईले गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले केसीलाई निलम्बन गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, प्रहरी प्रधान कार्यालयले निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो । आज केसीलाई गृहले निलम्बन गरेको हो । उनीमाथि थप अनुसन्धान हुनेछ ।
मुद्दाको अन्तिम किनारा नलागेसम्म उनलाई जिम्मेवारीबाट हटाइएको हो । बुटवलका एक व्यापारीसँग सुन नियन्त्रणमा लिएर आफै राखेको आरोप लागेपछि डीएसपी केसी पक्राउ परेका थिए । सरुवा भई पोखरा जाने तयारी गरिरहेका बेला अनुसन्धान टोलीले उनलाई सुन र नगदसहित आइतबार साँझ नियन्त्रणमा लिएको हो । उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
सम्बन्धित समाचार
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
Leave a Reply