राष्ट्रपति भण्डारी र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

२० पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न आज (बुधबार) महाराजगञ्जस्थित शीतल निवास पुगेका हुन् । उनीहरूबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत समसमायिक विषयमा छलफल भएको थियो ।
एमाले अध्यक्ष ओलीले करिब दुई घण्टा राष्ट्रपति भण्डारीसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले बताएको छ । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी गरिरहेको छ । राष्ट्रपतिको निर्वाचनको तयारी भइरहेका बेला सत्तारुढ दल एमालेका अध्यक्ष ओलीले राष्ट्रपति भण्डारीसँग छलफल गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
अध्यक्ष ओलीले मंगलबार पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवाचन्द्र नेम्वाङसँग छुट्टाछुट्टै छलफल गरेका थिए । मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेट्न बालुवाटार पुगेका ओली फर्किएपछि बालकोटामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए । मंगलबार नै ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेको स्रोतले बतायो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply