शीतलहरले तराईको जनजीवन प्रभावित
२३ पुस, काठमाडौं । पश्चिम तराईको नेपालगञ्जमा पाँच दिनदेखि घाम लागेको छैन। बिहान–बेलुका शीतलहरको ठिही बढ्दो छ। एकातिर घाम नलाग्ने समस्या र अर्कोतिर शीतलहरको मारले जनजीवन अस्तव्यस्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो। उहाँले भन्नुभयो, “चोक–चोकमा दाउरा बालेर न्यानो बनाउँदै छौँ, आवश्यक परेकालाई न्यानो कपडा बाँडिरहेका छौँ।”
मध्यतराईको बारा जिल्लाको अवस्था पनि नेपालगञ्जको जस्तै छ। शीतलहर चलिरहेको छ। प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भन्नुभयो, “घामको मुख देख्न पाइएको छैन, चोकचोकमा दाउरा बालेरै ज्यान जोगाउन लागिपरेका छौँ।”
सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पनि शीतलहरबाट मानिसको ज्यान जोगाउन स्थानीय तहलाई दाउरा र न्यानो कपडा वितरण कार्यलाई सक्रिय बनाइएको बताउनुभयो। पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार चार दिनदेखि घाम झुल्केको छैन। स्थानीय तह र सुरक्षाकर्मीसमेत चोकचोकमा दाउरा पु¥याउन व्यस्त रहेको जानकारी दिनुभयो। पूर्वको सुनसरी र मोरङको तराई भेगको अवस्था पनि शीतलहरमय बन्दैछ। स्थानीयवासी न्यानोको खोजीमा घरदैलो अगाडिको सरकारको मुख ताक्न बाध्य छन्।
चोकमा आगो, घरभित्र ठिही
शीतलहरले आक्रान्त बनेको जनजीवन सहज बनाउन चोकमा दाउरा बाल्नुको विकल्प स्थानीय र सङ्घीय सरकारले देखेको छैन। चोकमा आगो तापुन्जेल न्यानो हुन्छ तर घर फर्केपछि सिरेटोमा रात बिताउन बाध्य छन् स्थानीय बासिन्दा। फुसको घर र न्यानो कपडाको अभावले धेरै जना जाडोयाममा रातभर निदाउन सक्दैनन्।
तराईका चोक–चोकमा घुर (परालको आगो) बालेर ताप्ने परम्परागत चलन छ। त्यही चलनलाई बढावा दिँदै हिउँदको शीतलहरमा सङ्घीय सरकार र स्थानीय सरकारले पनि चोक–चोकमा दाउरा उपलब्ध गराएर चिसो भगाउने प्रयत्न गरिरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारीहरू बताउनुहुन्छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply