गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि ‘डेमो’ उडान

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा भोलि (आइतबार) ‘डेमोस्ट्रेसन’ प्रदर्शन उडान गरिने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भइसकेको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिएका छन् । उनका अनुसार भोलि बिहान ११ बजे प्रदर्शन उडान हुनेछ । काठमाडौँबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जानकारी दिएको छ ।
तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौँ फर्कने छ । प्राधिकरणले प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थाल्ने जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply