वृहत् वाम एकता गर्न माओवादीले बनायो ५ सदस्यीय वार्ता टोली
२३ पुस, काठमाडौँ । नेकपा माओवादी केन्द्रले वृहत वाम एकताका लागि वार्ता गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
वामपन्थी पार्टीहरुबीच एकता अगाडि बढाउन माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा महरासँगै महासचिव देव गुरुङ, जनार्दन शर्मा, शक्ति बस्नेत र गिरिराजमणी पोखरेल सदस्य रहेका छन् । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले एकता प्रकृया अगाडि बढाएका छन् । नेकपा एसले पनि शुक्रबार वामपन्थी एकताका लागि कार्यदल गठन गरेको थियो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी पनि एकता प्रक्रियामा आउने तयारीमा छ ।
यसैबीच आज बसेको बैठकले प्रचण्ड नेतृत्वको सरकारका प्रधानमन्त्रीलाई पुस २६ गते विशवासको मत दिन सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीको तर्फबाट आह्वान समेत गरेको छ । ‘हाम्रो पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पौष २६ गते प्रतिनिधि सभामा विश्वसको मत लिने कार्यतालिका रहे बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत प्रदान गर्नका लागि प्रतिनिधि सभामा रहेका सम्पूर्ण दल तथा स्वतन्त्र सांसदहरुलाई पार्टीका तर्फबाट आव्हान गर्ने निर्णय गरियो’, जारी विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply