प्रदेश–१ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्की पक्का
२४ पुस,काठमाडौं । प्रदेश–१ मा नेकपा (एमाले) नेतृत्वको सरकार बन्ने पक्का जस्तै देखिएको छ । केन्द्रीय गठबन्धन जस्तै त्यहाँ एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलहरू मिलेर सरकार बनाउन लागेका हुन् ।
प्रदेश–१ सभामा एमाले सबैभन्दा ठूलो शक्ति हो । एमालेका ४० प्रदेशसभा सदस्य छन् । त्यहाँ कांग्रेस दोस्रो दल हो । कांग्रेसका २९ सांसद छन् । प्रदेश–१ मा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टी (जसपा) का एक प्रदेशसभा सदस्य छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । त्यहाँ एमाले नेतृत्वको गठबन्धनमा ६० सांसद देखिन्छ । मुख्यमन्त्रीका लागि दलहरूको आ–आफ्नै दाबी थियो । तर, केन्द्रको निर्देशानुसार एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतले जानकारी दियो । कार्की एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वमा सरकार बन्ने बताएका छन् । ‘मोटामोटी सहमति एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । माथिबाट लिखित गर्न मात्र बाँकी छ’, उनले सुनाए । प्रदेश–१ मा आज बेलुका ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई समय तोकिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply