प्रधानमन्त्री प्रचण्डले पाए विश्वास मत : पक्षमा २६८, विपक्षमा २ मत
२६ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले २६८ जना सांसदबाट विश्वासको मत पाएका हुन् । बैठकमा २७० जना सांसद उपस्थित भएकामा दुई जनाले विपक्ष मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन् । आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए । संसदको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुई तिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे ।
प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो। त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन् । हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो । प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ ।
प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ । अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ । उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ । यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply