प्रधानमन्त्री प्रचण्डले पाए विश्वास मत : पक्षमा २६८, विपक्षमा २ मत

२६ पुस,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले २६८ जना सांसदबाट विश्वासको मत पाएका हुन् । बैठकमा २७० जना सांसद उपस्थित भएकामा दुई जनाले विपक्ष मतदान गरेका छन् । मत दिन्न भन्ने पक्षमा कसैले पनि मतदान गरेनन् । आजको संसतमा जम्मा २७० सांसद उपस्थित थिए । संसदको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रचण्डलाई दुई तिहाइभन्दा धेरै बहुमत मिलेको घोषणा गरे ।
प्रचण्डको पक्षमा नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थन थियो। त्यस्तै ३ स्वतन्त्र सांसदले पनि मत दिएका छन् । हस्ताक्षरमार्फत मत विभाजन हुन लागेको हो । प्रधामन्त्री प्रचण्डलाई संसदका साना ठूला सबै दलका २७४ सांसदको समर्थन रहेको छ ।
प्रचण्डलाई अहिलेसम्मकै धेरै सांसदहरुको साथ मिलेको छ । अर्थात् उनको पक्षमा पूरै संसद उभिएको छ । उनलाई नेपाली कांग्रेसले समेत साथ दिएपछि राष्ट्रिय सहमतिसहितको सरकारको नेतृत्व मिलेको छ । यसअघि गत पुस ११ गते नेकपा एमालेसहितका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply