गठबन्धनको बैठक बस्दै : मन्त्रिपरिषद विस्तार मुख्य एजेण्डा
२८ पुस, काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन् । तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुङ्गिएको छैन । प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधबार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल गरेका थिए ।
५ माघमा सभामुखको निर्वाचन तोकिएकाले पनि बढीमा तीन–चार दिनभित्रै शक्ति बाँडफाँट प्याकेजमै टुंग्याउनुपर्ने दबाबमा सत्ता साझेदार दलहरू छन् । तर, सरकारमा सहभागी हुने दलको संख्या अझै यकिन भइनसकेको र समर्थन गर्ने दलको पनि आ–आफ्नै दाबीका कारण शक्ति बाँडफाँट पेचिलो बन्ने सम्भावना छ । २२ मन्त्रालयभन्दा बढी संख्यामा सत्ता साझेदार दलहरूको दाबी छ ।
अहिलेसम्म सरकारलाई एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेका छन् । सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टी माग पूरा नभएसम्म सरकारमा नआउने सर्त राखेर प्रतिपक्षी बेन्चमा बसेको र विश्वासको मत दिएको एकीकृत समाजवादी प्रधानमन्त्री प्रचण्डसँग अलग्गै छलफलमा रहेकाले मन्त्रिपरिषद्मा सामेल हुने दलको संख्या यकिन भइसकेको छैन ।
प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको समझदारीअनुसार बिहीबारदेखि सत्तासाझेदार दल मन्त्रिपरिषद् विस्तारसहित शक्ति बाँडफाँट प्याकेजमै टुंग्याउने गृहकार्यमा केन्द्रित हुँदैछन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष तथा उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक ओलीले सरकारले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका छन् ।
शक्ति बाँडफाँटमा साझेदार दलहरूबीच औपचारिक छलफल सुरु नभए पनि अहिले रहेको २२ मन्त्रालयभन्दा बढी संख्यामा उनीहरूले दाबी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सांसद संख्याको अंकगणित जे–जति भए पनि एक–दुईवटा मन्त्रालयमा ‘कम्प्रमाइज’ गरेर समर्थन गर्ने सबै दललाई मिलाएर लैजाने प्रारम्भिक समझदारी छ ।
यद्यपि, एमालेले नौ, माओवादीले पाँच राखेर अरू मन्त्रालय बाँडफाँट गर्ने उनीहरूबीच समझदारी छ । मन्त्रालयको संख्या नबढाउने, तर २५ सदस्यसम्म क्याबिनेट बनाउन पाइने संवैधानिक व्यवस्थाका कारण तीन जनासम्म राज्यमन्त्री बनाउने गरी प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल चलेको छ ।
2 responses to “गठबन्धनको बैठक बस्दै : मन्त्रिपरिषद विस्तार मुख्य एजेण्डा”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् ,राजदुत, सचिव, रास्ट्रपति, सभासद , संविधानिक पद मुख्य मन्त्रि को बाडफाड मुख्य एजेन्डा –रोजगारी ,उत्पादन मुखी कलकारखाना , आत्मनिर्भरता र भर्स्ताचार मुकुण्डोधारी खर्व पति नक्कली वामपन्थी को एजेन्डा मै छैन —देस लुटेको सम्पति मा तैचुप मैचुप –समर्थन – जनता बेवकुफ ( कुत्ता दलाल डाका चोर हरामी गुन्डा झोले कार्यकर्ता बाहेक )-यो देस मा कोहि पनि प्रतिपक्ष छैन – न कमनिस्त न कांग्रेस – देस लुट्न्को लागि जोसुकै संग पनि गठबन्धन – विचार सिधान्थ उदेस्य गन्तब्य केहिछैन– दिसा हिन
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् ,राजदुत, सचिव, रास्ट्रपति, सभासद , संविधानिक पद मुख्य मन्त्रि को बाडफाड मुख्य एजेन्डा –रोजगारी ,उत्पादन मुखी कलकारखाना , आत्मनिर्भरता र भर्स्ताचार मुकुण्डोधारी खर्व पति नक्कली वामपन्थी को एजेन्डा मै छैन —देस लुटेको सम्पति मा तैचुप मैचुप –समर्थन – जनता बेवकुफ ( कुत्ता दलाल डाका चोर हरामी गुन्डा झोले कार्यकर्ता बाहेक )-यो देस मा कोहि पनि प्रतिपक्ष छैन – न कमनिस्त न कांग्रेस – देस लुट्न्को लागि जोसुकै संग पनि गठबन्धन – विचार सिधान्थ उदेस्य गन्तब्य केहिछैन– दिसा हिन