प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद विस्तारबारे छलफल
२८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दुई नेताबीच मुख्यत संघीय सरकारको मन्त्रालय भागवण्डा र प्रदेश सरकारको भागवण्डाको विषयमा छलफल भएको छ । सातवटै प्रदेश सरकार बनिसकेका छन् । अब संघीय मन्त्रिपरिषदलाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिने तयारी छ ।
दुई अध्यक्षले आ–आफ्ना पार्टीमा छलफल गर्नुहुन्छ । सत्ता साझेदार दलहरुका बीचमा पनि अनौपचारिक छलफल हुन्छ । त्यसपछि सत्ता साझेदार दलहरुको बैठक बस्ने कि सरकारमा सहभागी दलहरुसँग मन्त्रीको नाम माग्ने भन्ने तय हुन्छ’ प्रचण्डको सचिवालयले भनेको छ ।
ओली र प्रचण्डबीच सभामुख र उपसभामुखको निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा समेत छलफल भएको छ । ओलीको सचिवालयका अनुसार प्रचण्डले आफू समझदारीमा प्रतिवद्ध रहेको बताएका छन् ।
ओली र प्रचण्डबीच बुधबार साँझ ओलीकै निवास वालकोटमा पनि भेट भएको थियो । उक्त भेटमा पनि प्रचण्डले आफू समझदारीमा अडिग रहेको बताएका ओली र प्रचण्ड दुबै नेताको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply