प्रदेश १ का मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
२९ पुस, काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । शुक्रबार उनले प्रदेश सभाका ९३ मत मध्ये ५९ मत पाएका हुन् ।
नेकपा एमालेको ४०, माओवादी केन्द्रको १२, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, जनता समाजवादी पार्टीको एक गरी ५९ विस्वासको मत प्राप्त गरेका हुन् । नेपाली कांग्रेसको २८ र एकीकृत समाजवादी पार्टीको चार गरी ३२ जनाले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिएनन् । माओवादी केन्द्रबाट सभामुख पदमा निर्वाचित भएका बाबुराम गौतमले मत हालेनन् ।
मुख्यमन्त्री कार्की गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिनु अगि माओवादी केन्द्रबाट जीवन आचार्य र दुर्गा चापागाई तथा नेकपा एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई नियुक्त गरेका छन् ।
नवनियुक्त तीनै जना मन्त्रीलाई मन्त्रालयको जिम्मा दिइएको छैन । पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई पनि विना विभागीय नै राखेका छन् ।
यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् ।
नेपाल फेस
लेखक
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply