गण्डकीको सभामुखमा धिताल र अर्यालको उम्मेदवारी

३० पुस, पोखरा । गण्डकी प्रदेशसभाको सभामुख पदमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल र नेपाली कांग्रेसका सरस्वती अर्यालले उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएका धितालको प्रस्तावकमा फणिन्द्र देवकोटा र समर्थकमा रोशनबहादुर गाहा थापा रहेका छन् । यस्तै अर्यालको प्रस्तावकमा डिल्लीराम सुवेदी र समर्थकमा डा. टकराज गुरुङ रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।
उम्मेदवारी सम्बन्धमा दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा छलफल भई निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सत्ता गठबन्धनमा यसअघि नै गण्डकीमा नेकपा (एमाले) ले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो ।
सहमतिअनुसार नै गण्डकी प्रदेश एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएर शुक्रबार प्रदेशसभाबाट विश्वासको मत पाइसकेका छन् । ६० सदस्य रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले) का २२, माओवादी केन्द्रका आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply