१ माघ २०७९, आईतवार ०८:३१
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
प्रधानमन्त्री प्रचण्डका सबै कार्यक्रम स्थगित

१ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबारका लागि तय भएका आफ्ना सबै औपचारिक कार्यक्रम स्थगित गरेका छन् ।
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएपछि त्यसबारे छलफलमा केन्द्रित भएका प्रचण्डले बाँकी सबै कार्यक्रम स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।
आइतबार मन्त्रालय भागवण्डा लगायतका विषयमा सत्ता साझेदार दलहरुका बीचमा छलफल गर्ने तय भएको थियो । त्यस्तै प्रधानमन्त्री प्रचण्डले सभामुख र उपसभामुखको निर्वाचनको विषयमा कांग्रेस सहितका दलहरुसँग छलफल गर्ने तयारी पनि गरेका थिए ।
आइतबार नै टुँडिखेलमा भइरहेको थारु समुदायको र मगर समुदायको माघी महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको थियो । औपचारिक÷अनौपचारिक रुपमा तय भएका सबै कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply