मन्त्रालय बाँडफाँटका लागि सत्ता साझेदार दलको बैठक बस्दै
२ माघ, काठमाडौं । मन्त्रालयको बाँडफाँट गर्न सत्ता साझेदार दलको बैठक साँझ ५ बजे बस्दैछ। बैठकले १७ मन्त्रालयको बाँडफाँट गर्नेछ।
स्रोतका अनुसार दलहरुले पाउने मन्त्रालयको टुंगो लगाएर आजै नाम बुझाउने तयारी छ।
आज ५ बजे सत्ता साझेदार दलको बैठक बस्छ, त्यही बैठकले मन्त्रालय भागबन्डाबारे निर्णय गर्नेछ, स्रोतले भन्यो, त्यसपछि दलहरुले मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने छन्।
१० पुसमा ३ स्वतन्त्रसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले ११ पुसमा एमालेबाट ५, माओवादीबाट २, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट १ र जनमत पार्टीबाट १ जनालाई लिएर ८ सदस्य मन्त्रिमण्डल बनाएका थिए।
बाँकी १७ वटा मन्त्रालयको बाँडफाँटका विषयमा एमाले अध्यक्ष ओलीसँग मोडालिटी बनाइएको हो।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिमण्डल विस्तार आजै सक्ने दाबी गरेका थिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रालय बाँडफाँट मोडालिटी बनाउन भक्तपुरको बालकोटामा ५ घण्टा बढी छलफल गरेपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डलले सोमबार बेलुकासम्म पूर्ण पाउने बताएका थिए।
‘मन्त्रिमण्डल आजै टुंगिन्छ,’ प्रचण्डले भने।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply