स्वास्थ्यमन्त्री गिरीको पहिलो निर्णय : अस्पतालमा न्यूनतम सेवा मापदण्ड तोक्ने
३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी पदबहालीका लागि मन्त्रालय जाँदा स्वागत गर्न कर्मचारी ढोकामा लामबद्ध थिए । मन्त्री गिरी र राज्यमन्त्री डा. तोसिमा कार्कीको प्रवेशसंगै कर्मचारीले माला, खादा र फुलका गुच्छा दिएर स्वागत गरे ।
बधाई र स्वागत थापिरहेका मन्त्री गिरी मन्त्रालयको ढोकामा पुग्ने बित्तिकै निहुरिए । ढोका ढोग्दै मन्त्रालय प्रवेश गरेका मन्त्री गिरीले पदभार ग्रहण गर्दै स्वास्थ्य संस्था तथा अस्पतालमा गुणस्तरीय सेवा प्रदान गर्न न्यूनतम सेवा मापदण्ड लागु गराउने निर्णय गरेका छन् ।
मन्त्री गिरीले ‘जनस्वास्थ्य ऐन ०७५ को दफा ६४’ अन्र्तगत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन् ।
राज्यमन्त्री डा. कार्कीका अनुसार न्यूनतम सेवा मापदण्डमा कुन अस्पतालले कुन सेवा दिने भन्ने किटान हुनेछ । मापदण्डमा आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र, क्षेत्रीय अस्पताल र माथिल्लो अस्पतालमा हुुनुपर्ने सेवा, उपकरण, कर्मचारीको दरबन्दी आदि उल्लेख हुनेछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply