मधेशको सभामुखमा एमालेका रामचन्द्र मण्डल निर्वाचित

३ माघ, काठमाडौं । मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मंगलबार प्रदेशसभामा भएको सभामुखको निर्वाचनमा रामचन्द्र निर्वाचित भएका हुन् ।
मत विभाजन एवं हस्ताक्षर मार्फत भएको निर्वाचनमा रामचन्द्रको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको छ । आज बसेको प्रदेश सभा बैठकमा १ सय ३ सांसद उपस्थित थिए । मत विभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल विजयी भएको घोषणा गरेका हुन् ।
मण्डललाई नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र ४ स्वतन्त्र सांसदले पक्षमा मतदान गरे पछि उनी विजयी भएका हुन । मण्डलको बिरुद्धमा नेपाली कांग्रेसका जंगीलाल राय उम्मेदवार थिए पनि आवाश्यक मत नपुग्दा उनी पराजित भए ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
Leave a Reply