कांग्रेसलाई गृहमन्त्रीको जवाफ : गृह मन्त्रालय विधि र पद्धति बाहिर जाँदैन

५ माघ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एमाले सांसद देवराज घिमिरे सभामुख पदका लागि योग्य उम्मेदवार भएको दावी गरेका छन् । आज (बिहीबार) सुवासचन्द्र नेम्बाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भनी राखेको प्रस्तावको समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानलेले घिमिरेको गौरवमय राजनीतिक इतिहास रहेको दाबी गरे ।
सदनका सदस्यलाई घिमिरेलाई समर्थन गर्न आग्रह गर्दै लामिछानेले भने, देवराज घिमिरेको राजनीतिक जीवनले गौरवमय इतिहास कायम गरेको हामी देख्न सक्छौँ । राजनीतिक हिसाबले फरक–फरक दृष्टिकोण होला तर देवराज घिमिरेबाट संसदीय मर्यादा र विधि पद्धतिलाई अझ बढी परिष्कृत गर्दै यसको मर्यादा राख्नु हुन्छ भन्ने आशा राख्दछु ।
त्यस्तै मतदानमार्फत नागरिकले आफूहरूलाई देशको भविष्य सुम्पिएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो सबैको हातमा मतदानमार्फत यो देशको भविष्य सुम्पिएका छन् । हामीलाई विश्वास गरेका छन् । कुनै दलको स्वार्थमा होइन आम नागरिकको चासोलाई ध्यानमा राखेर काम गर्नुपर्नेछ भन्ने आशा छ । विगतमा आमसरोकारका विषयमा विगतमा चुके पनि अब भने लाभहानीको हिसाब गरिने छैन भन्ने लाग्छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply