रास्वपाले जेठसम्ममा देशभर संगठन विस्तार गर्ने, प्रदेश समिति पुनर्गठन गर्दै
९ माघ, काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो जेठसम्ममा देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समितिको बैठकले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको हो ।
पार्टीको निर्णयअनुसार चैतसम्ममा जिल्ला निर्वाचन समितिहरुको गठन र जेठ मसान्तसम्ममा पालिका र वडास्तरीय समितिहरु गठन गर्ने रणनीति तय गरेको छ । माघ मसान्तभित्र प्रदेश समितिहरुको विस्तारित भेला आयोजना गरी प्रदेश समितिहरुको पुनर्गठन गनै मिति र स्थान समेत तोकिएको छ ।
माघ १४ गते प्रदेश–१ को विराटनगरमा माघ १४ गते, मधेस प्रदेशको जनकपुरमा माघ १६ गते, वागमती प्रदेशको मकवानपुरमा माघ १८ गते, गण्डकी प्रदेशको पोखरामा माघ २१ गते, लुम्बिनी प्रदेशको दाङमा माघ २४ गते, कर्णाली प्रदेशको सुर्खेतमा माघ २८ गते र सुदूरपश्चिम प्रदेशको धनगढीमा माघ २६ गते प्रदेश समतिहरु पुनर्गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै रास्वपाले केन्द्रीय निर्वाचन आयोगको सदस्यमा नारायण प्याकुरेल र केन्द्रीय लेखा आयोगको प्रमुखमा अभिषेक घिमिरेलाई नियुक्त गरेको छ । केन्द्रीय अनुशासन तथा आचरण समितिको प्रमुखमा डा. भरतमणि देवकोटा र सदस्यहरुमा रामहरि सुवेदी, रमाकान्त रिमाल र यज्ञमणि न्यौपाने रहेका छन् । विवाद समाधान समितिको प्रमुखमा विष्णुकुमार श्रेष्ठ र पुनरावेदन समितिको प्रमुखमा विपिनकुमार आचार्य र सदस्यमा दिपक बोहरा नियुक्त भएका छन् ।
नीति तथा विचार विभागको प्रमुखमा डा. मुकुल ढकाल, अभियान तथा प्रचार प्रसार विभागको प्रमुखमा विपिनकुमार आचार्य, मानवीय विकास प्रवद्र्घन विभाग प्रमुखमा कुशुम महर्जन, प्रशिक्षण विभाग प्रमुखमा डा मुकुल ढकाल, संगठन विभाग प्रमुखमा कविन्द्र बुर्लाकोटी, उपप्रमुखमा विष्णुकुमार श्रेष्ठ र सचिवमा शंकर श्रेष्ठ नियुक्त भएका छन् ।
उत्पादन प्रवर्धन विभाग प्रमुखमा रामकृष्ण भट्टराई, विकास योजना तथा नीति तर्जुमा विभाग प्रमुखमा डा. अरनिको पाँडे, केन्द्रीय आरएटी संयोजन विभाग प्रमुखमा विष्णुकुमार श्रेष्ठ र सूचना तथा प्रविधि विभाग प्रमुखमा विपिनकुमार आचार्य नियुक्त भएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply