निगमको दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजीनामा दिनू : मन्त्री किराती
९ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले हरेक दिन नेपाल वायुसेवा निगमका जहाजहरुको रिपोर्ट आफूसमक्ष पठाउन निर्देशन दिएका छन् ।
निगमले गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले निकै कडा शब्दमा निगमको कार्यशैलीको आलोचना मात्रै गरेनन् काम गर्न नसके राजीनामा दिएर जान भने ।
किरातीले निगमको बिजनेस प्लान पनि मागे । हरेक दिनको रिपोर्ट मन्त्रालयमा पठाउनुस्, जहाज कहाँ, कति उड्यो, कहाँ रोकियो, के कारणले रोकियो ? उनले भने, जहाजको रिपोर्ट हरेक दिन हेर्छु, बरु म मन्त्रालयबाट १२ बजे फर्किन्छु, तर, रिपोर्ट हेरेर मात्र फर्किन्छु ।
वायुसेवा निगमको छवि बिग्रिएकोतर्फ संकेत गर्दै उनले भने,पहिले वायुसेवाका निगमको कर्मचारीभन्दा छोरी दिन हुरुक्क हुनेहरु अहिले किन घृणा गर्छन् ?
उनले अघि भने, सबैको नजर भएको निगमलाई बनाउनु पर्छ, मबाट कसैलाई भेदभाव हुँदैन, मलाई काम चाइयो, निगमले परिणाम देओस् ।
उनले आफूले आकाश झार्न नभनेको भन्दै दुनियाँभरका कम्पनी नाफामा हुँदा वायुसेवा निमग किन घाटामा चलिरहेको हो भन्ने प्रश्न गरे ।
म बहुलाएर यो भनेको होइन, म ठीक नै छु, उनले भने, त्यसकारण निगम सुधार हुन्छ, म त्यो विश्वास गर्छु ।
राम्रो काम गरे संस्कृति बन्ने भन्दै उनले आफूहरु हिँड्ने पाइला नागरिकका जीवन दर्शन हुने बताए ।
मन्त्री किरातीले आफ्नोमा धाएर जुत्ता फटाउने प्रयास नगर्न पनि सचेत दिए । यो देश ६ सय जनाको परिधिभित्र चल्छ, तपाईंको हरेक चलखेल तत्काल थाहा हुन्छ, आजसम्म जे-जे भयो भयो, आइन्दा यस्तो नहोस्’ उनले चेतावनीको भाषामा भने ।
निगमसँग उनले अनलाइन टिकट किन कार्यान्वयन नगरेको भन्ने प्रश्न पनि गरे । यहाँ टिकट नपाइने तर, दलालले टिकट बोकेर विमानस्थल पुग्ने किन हुन्छ ? उनले भने ,मैले ठूलै मान्छेले यस्तो गरेको देखेको छु, खान त खानु घिच्न त भएन नि !
एम महिना भित्र टिकेटको समस्या समाधान गर्न निर्देशन दिए । जहाज समयमा उडोस्, उनले भने, एक–एक सेकेन्डलाई किन यति बदनाम गरेको ? ठ्याक्कै तोकिएको समयमा विमान उडोस् । मैले भनेजति गर्न नसक्ने भए राजीनामा दिए हुन्छ ।
उनले विगममा करार र ज्यालादारी कर्मचारी कति छन् ? भन्ने प्रश्न गर्दै ‘हातखुट्टा लामखुट्टेको जस्तो भएपनि काम भने नगर्ने संस्कृति रहेको बताए ।
यो भर्तीकेन्द्र हो र ? यसरी भर्तीकेन्द्र बनाएपछि संस्था डुब्छ, उनले भने, आजदेखि जहाज रोकिनु हुँदैन, नकारात्मक काम गर्दिनँ, सकारात्मक काममा सधैं साथ दिन्छु ।
सम्बन्धित समाचार
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
वैशाखमा मालपोत कार्यालयहरूको राजस्व उत्साहजनक
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रगति ७५ प्रतिशत नाघ्यो
-
नदीबाट सिधै ढुंगा–बालुवा निकालेर पुल निर्माण गरेको आरोप
Leave a Reply