बागमतीका नवनियुक्त मन्त्रीहरूले लिए शपथ ग्रहण
११ माघ, मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौंडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रालय-गंगा नारायण श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्रालय-युवराज दुलाल ‘शरद’, सामाजिक विकास मन्त्रालय-कुमारी मोक्तान, कृषि तथा पशुपन्छी विकास मन्त्रालय-केशवप्रसाद पोखरेल, श्रम रोजगार तथा यातायात मन्त्रालय-एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रालय-रामेश्वर श्रेष्ठ, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय-डम्बर बहादुर तामाङ र वन तथा वातावरण मन्त्रालय-राजु बिष्टलाई शपथ ग्रहण गराएका हुन् ।
यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय- शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्रालय-जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय-उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply