रवि लामिछानेले रास्वपाको सभापति पद पनि गुमाए
१३ माघ, काठमाडौं । सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेसँगै सांसद पद गुमाएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पद समेत गुमाउने भएका छन् ।
सर्वोच्चको फैसलापछि कानुनतः लामिछानेको पार्टी सभापति पद गएको निर्वाचन आयोग उच्च स्रोतले बताएको छ । उनले २०५० लिएको नागरिकता नै निर्वाचन आयोगमा दल दर्ताका लागि पेश गरेको निवेदन पनि अवैध भएको छ । अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता लिने प्रक्रिया अघि नबढाएकै कारण लामिछानेले सांसद पद गुमाएका हुन् ।
यसैबीच वरिष्ठ अधिवक्ता युवराज संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रविको नागरिकता कायम हुन नसकेको फैसला सुनाएको हो ।
रविको नागरिकता गैरकानुनी हो भन्ने थाहा भएकै कुरा हो, सोही अनुसार फैसला आयो । यो फैसलाले रवि लामिछानेको पद गयो’, संग्रौलाले भने, पार्टीको हकमा अध्यक्ष फेर्दा हुन्छ । अब उहाँ नेपाली नागरिक नै नभएपछि उहाँको अध्यक्षतामा कसरी पार्टी हुन्छ र ? स्वतन्त्र पार्टी भने रहन्छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply