सर्भरमा समस्या, सबै सरकारी वेबसाइट डाउन

१४ माघ, काठमाडौं । सर्भरमा आएको समस्याका कारण सबै सरकारी वेबसाइटहरू डाउन भएका छन्। बिहानैदेखि सर्भरमा समस्या देखिएको भएपनि दिउँसोबाट भने बेवसाइटहरु डाउन भएको हो।
सर्भरमा समस्या आएपछि त्रिभुवन विमास्थलमा उडान र अवतरण समेत रोकिएको छ। विमानस्थलका महाप्रबन्धक प्रेम ठाकुरका अनुसार बेवसाइट खुलाउनका लागि गृह मन्त्रालयसमक्ष खबर गरिएको छ।
प्रधानमन्त्री कार्यालय, राष्ट्रपति कार्यालय लगायतका देशभरका सरकारी वेबसाइटहरु अहिले चलेको छैन्।
यद्यपि अहिलेसम्म नखुल्दा विमानस्थलमा यात्रुहरु आक्रोशित हुन थालेको उनले बताए। ‘इमिग्रेशनको सर्भर डाउन भएको छ। सवा घन्टा भइसक्यो। अराभइल र डिपार्चर दुवै बन्द छ,ठाकुरले भने।
डेढ घन्टादेखि विमानस्थल अवरुद्ध हुँदा भिडभाड बढेको ठाकुरले बताए। गन्तव्यमा हिँडेका यात्रुहरु अपलत्र परेपछि आका्रेशित समेत हुन लागेको उनले बताए।
हामीले सर्भर चाँडै बनाउनुस् भनेर भनेका छौं। यो गृह मन्त्रालय अन्तर्गतको कुरा हो, उनले भने, चाँडै बन्छ होला भन्नेमा छौं।
सर्भरमा समस्या भएपछि लगभग ५÷६ वटा अन्तर्राष्ट्रिय उडान उडान रोकिएको छ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply