राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षकमा मोन्टी देसाई नियुक्त
२३ माघ, काठमाडौं । भारतका मोन्टी देसाई नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रमुख प्रशिक्षक बनेका छन् । केही दिनदेखि नेपाली टीमलाई प्रशिक्षण दिन थालेका उनलाई नेपाल क्रिकेट संघ (क्यान) ले औपचारिक नियुक्ति दिएको हो ।
नेपालले आगामी महिना खेल्ने त्रिकोणात्मक सिरिजबाट देसाईले आफ्नो जिम्मेवारी थालनी गर्नेछन् । उनीसँग भारतीय राष्ट्रिय क्रिकेट टिममा रहेर खेलेको अनुभव छ । यसअघि उनले वेस्ट इन्डिजको राष्ट्रिय टिमलाई प्रशिक्षण गराएका थिए । देसाई सन् २०१७ को एसीसी यू-१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।
देसाईसँग क्यानले २ वर्षको सम्झौता गरेको बुझिएको छ । यसअघि धेरै दिन उनको नियुक्ति प्रक्रिया राष्ट्रिय खेलकुद परिषदमा अड्किएको थियो । आज परिषदबाट सहमति आएको क्यानका सचिव दुर्गा पाठकले जानकारी दिए ।
नेपालले स्कटल्यान्ड र नामिबियासँग हुने त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अन्तिम टोली चयन हुन बाँकी छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply