यती जहाज दुर्घटना : ककपिट भ्वाइस रेकर्डरले दियो इन्जिनमा समस्याको संकेत
२३ माघ, काठमाडौं । माघ १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको यती एयरको प्रारम्भिक रिपोर्ट आएको छ ।
रिपोर्टअनुसार जहाज अवतरण गर्ने क्रममा जहाजका बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदर गएको पाइएको छ । दुर्घटना जाँच आयोगले फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त ढल्–ब्ल्ऋ जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इञ्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको जनाएको छ ।
अतः उक्त जहाजका दुवै इञ्जिन प्रोपेलर फेदरमा किन गयो भन्ने बारेमा प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइ सकेको आयोगले जनाएको छ । दुर्घटना जाँच आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोमा फ्लाईट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाई विज्ञ र सदस्य सचिवहरूलाई पठाएको थियो ।
उक्त फ्लाईट डाटा रेकर्डर र भ्वाईस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा TSIB Singapore, BEA France, TSB Canada, P & W Canada र EASA का प्रतिनिधिहरू समेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो । यसै सन्दर्भमा उल्लेखित सबै पदाधिकारीहरूबाट सिंगापुरस्थित एटीआर जहाजको सिमुलेटरमा विभिन्न फ्लाईट र प्राविधिक पक्षहरूको थप अध्ययन पनि गरिएको थियो ।
दुर्घटना लगत्तै सरकारका पूर्वसचिव नगेन्द्र प्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन भएको थियो । आयोगमा सेनाका इ. उपरथी दीपक बाँस्तोला, वरिष्ठ क्याप्टेन सुनिल प्रधान र वरिष्ठ इन्जिनियर एकराज जंग थापा सदस्य तथा उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य सचिव रहेका थिए । उक्त दुर्घटनाग्रस्त जहाजमा ७२ यात्रु सवार थिए । त्यसमध्ये ७० जनाको शव भेटिए पनि अझै दुई जनाको फेला परेको छैन ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply