सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै
![सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै](https://ebudhabar.com/wp-content/uploads/2023/02/rajendra-rawal-e1672464705380.jpeg)
२५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज (बुधबार) विश्वासको मत लिंदैछन् । तर निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नहुँदा मुख्यमन्त्री रावल संकटमा रहेका छन् ।
रावल पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनी १ महिनाभित्रै अर्थात माघ २६ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । तर उनी बहुमत सदस्यको विश्वासको मत लिने परिस्थिति अझै बन्न सकेको छैन ।
मंगलबार नागरिक उन्मुक्ति पार्टीका सात प्रदेश सभा सदस्यसहित डिल्लीबजार कारागारमै बसेको बैठकले उधारो आश्वासनको भरमा विश्वासको मत नदिने निष्कर्ष निकालेको छ । सो पार्टीको अडानपछि मुख्यमन्त्री रावलको पद नै धरापमा परेको छ । आजको वैठकअघिसम्म उनलाई मनाउन नसकेको खण्डमा रावलले विश्वासको मत पाउँदैनन् ।
यसैबीच प्रदेश सभाको आज १ बजे तोकिएको बैठकलाई एक दिन पछाडि अर्थात माघ २६ गतेका लागि सार्नेसम्मको छलफल दलहरुबीच नभएको होइन । तर एक दिनको अगाडि वा पछाडिको बैठकमा तात्विक अन्तर नरहने भन्दै आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।
नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका विना विभागीय मन्त्री खगराज भट्टले मुख्य कुरो राजनीतिक इमानदारिता र मुद्दा रहेकाले एक दिन अगाडि वा पछाडि विश्वासको मत लिनुमा तात्विक अन्तर नहुने बताए । तर नागरिक उन्मुक्तिले विश्वासको मत दिनेमा आफूहरू ढुक्क रहेको उनको भनाइ छ । सुरुदेखि मुख्यमन्त्री, सभामुख, उपसभामुखको निर्वाचनमा नागरिक उन्मुक्तिले अपनाएको रणनीति अनुसार पनि अन्तिममा आएर विश्वासको मत दिने विश्लेषण समेत गरिएको छ ।
५३ जना प्रदेश सभा सदस्य रहेको यहाँ बहुमतको सरकारको लागि २७ जना प्रदेश सभा सदस्य आवश्यक पर्दछ । यहाँ सबैभन्दा ठूलो दल नेपाली कांग्रेस १९ प्रदेश सभा सदस्यसहित प्रतिपक्षमा छ । नेकपा एमालेका मुख्यमन्त्री रावलले नेकपा एमालेका १०, माओवादी केन्द्रको ११, नागरिक उन्मुक्तिको ७, राप्रपाको १ जनाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । अहिलेसम्म उनलाई आफ्नो दल एमालेसहित माओवादी र राप्रपाको साथ छ । तर बहुमत पुग्न नागरिक उन्मुक्तिको मत आवश्यक छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply