२६ माघ २०७९, बिहीबार ०७:३९
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजेका लागि सारियो

२६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक तीन घण्टा पछि सारिएको छ । आज (बिहीबार) दिउँसो १ बजे तय भएको बैठक ३ घण्टापछिका लागि सारिएको हो ।
आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची छ । प्रदेश सभा बैठक ४ बजेसम्मका लागि सरेको संसद सचिवालयका प्रवक्ता नरेन्द्रबहादुर कुँवरले जानकारी दिएका छन् । सत्ता साझेदार नागरिक उन्मुक्तिका ७ सांसद विश्वासको मत नदिने अडान लिएर संघीय राजधानी काठमाडौँमा छन् ।
उनीहरुको समर्थन विना विश्वासको मत नपाउने भएपछि बैठक सारिएको हो । नागरिक उन्मुक्ति पार्टीले विश्वासको मतका लागि रेशम चौधरीलगायतका बन्दीहरुलाई छाड्नु पर्ने शर्त राखेको छ । नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफूहरुका माग पूरा नभएसम्म विश्वासको मत नदिने स्पष्ट पारिसकेकी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply