नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा
२६ माघ, काठमाडौं । नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टराई उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले भट्टराईलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।
बढुवा भएका भट्राईलाई बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। बढुवा भएसँगै भट्राईलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।
यस्तै, ५ जनालाई सहायक रथीमा र ८ जनालाई महासेनानीमा बढुवा गर्ने पनि निर्णय भएको छ।
सहायक रथीमा बढुवा हुनेमा महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहेका छन्। उनीहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।
अरु ८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। प्रमुख सेनानीहरु दिगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा महासेनानीमा बढुवा भएका हुन्।
उपरथी भट्टराई एक सहायक रथी र ४ महासेनानीलाई आजै प्रधानसेनापति शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply