यस्ता छन् ‘हस्तान्तरण’का सारथी
काठमाडौं । नेतृत्व हस्तान्तरणको बेलुन उडाउँदै विरामी नेता केपी ओलीलाई अघि सारिरहेका मुख्य सारथीहरु नै आजीवन पदमा टिकिरहन चाहनेहरु छन् । त्यसको उदाहरणका रुपमा वामदेव गौतम र विद्यादेवी भण्डारीलाई हेर्दा एमालेका कार्यकर्ता दंग परेका छन् ।
कार्यकर्ताबाट नियमित अनुमोदन भएर माधवकुमार नेपालले नेतृत्व गरेकोमा त्यसलाई १५ वर्ष खाएको, निरंकुश बनेको, अरुलाई मौका नदिएको भन्ने जस्ता आरोप लगाउनेहरु स्वयम् चाहिँ लगातार १५ वर्षभन्दा बढी समय एउटै पदमा टाँसिरहेका छन् । तीमध्येका एक वामदेव गौतम १५ वर्षदेखि निरन्तर अखिल नेपाल किसान महासंघको अध्यक्ष छन् । माधव नेपालले नेतृत्व विकास हुन दिएन भनेर भाषण गर्ने गौतमले चाहिँ त्यसयता भएका किसान महासंघको महाधिवेशनमा कसैलाई अध्यक्षमा उठ्नै दिएका छैनन् । उनले किसान महासंघलाई आफ्ना समर्थक र आसेपासेहरुको अखडाका रुपमा मात्र विकास गरेका छैनन्, किसानहरुबाट पूूरै कटेका र सुकिलामुकिलाहरुको संगठनमा रुपान्तरण गरेका छन् ।
त्यति मात्र होइन, अरुलाई पटकपटक एउटै पदमा जान दिनु हुँदैन भनेर भाषण गरिरहने गौतम चाहिँ तेस्रो पटक उही पद (उपप्रधानमन्त्री) हुन मरिहत्ते गरेको तथ्य पनि कसैबाट लुकेको छैन । आफूलाई चाहिँदा र पर्दा पदका लागि जे पनि गर्ने तर अरुका हकमा भने आदर्श भाषण गर्ने गौतमको कलाबाट कार्यकर्ताहरु आश्चर्यचकित छन् ।
यसैगरी, केपी ओलीको आर्थिक र प्रशासनिक विभाग सम्हालिरहेकी विद्या भण्डारी आजीवन पद नछोड्ने एमालेकी अर्की नेतृ हुन् । ०५५ सालमा अखिल नेपाल महिला संघको अध्यक्ष बनेपछि उनले अहिलेसम्म त्यस पदमा अरुलाई आँखा लगाउनै दिएकी छैनन् । त्यससयता अनेमसंघको अध्यक्षमा आँखा लगाउनेहरुलाई भण्डारीले पार्टीबाटै बाहिरिन बाध्य समेत पारेकी छन् । त्यसको ताजा उदाहरणका रुपमा एमाले कार्यकर्ताहरु उर्मिला अर्याललाई लिने गर्छन् ।
‘नेतृत्व हस्तान्तरणको हौवा वेकार छ’– एमाले केन्द्रीय सदस्य योगेश भट्टराई भन्छन्– ‘जो निरन्तर पदमा छन्, उनीहरुले अरुलाई पदमा छ भन्न मिल्दैन ।’
विरामी ओलीलाई डमीका रुपमा अघि सार्ने र आफूले नायवी चलाउने गरी उनीहरुले योजना बनाइरहेको एमाले कार्यकर्ताहरुको बुुझाइ छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply