लुम्बिनीका नव नियुक्त मन्त्रीहरूले लिए शपथ
२९ माघ, बुटवल । लुम्बिनी प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्य जोखबहादुर महराले आर्थिक मामिलामन्त्री, माओवादी केन्द्रकै इन्द्रजीत थारुले भौतिक पूर्वाधार विकासमन्त्री, नेकपा (एमाले)का विष्णुप्रसाद पन्थीले स्वास्थ्यमन्त्री, एमालेकै दुर्गाप्रसाद चौधरीले वन तथा वातावरणमन्त्री, सोह पार्टीका तुलसीराम शर्माले कृषि तथा भूमि व्यवस्थामन्त्री, राप्रपाका जानकीप्रसाद यादवले उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री र जनमत पार्टीका चन्द्रकेश गुप्ताले सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएका हुन् ।
एक महिना बिना विभागीय मन्त्रीका रूपमा रहेका एमालेका चेतनारायण आचार्यलाइ खानेपानी, ग्रामीण तथा सहरी विकासमन्त्री र माओवादीका कृष्ण केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथग्रहण गराए । आइतबार दिउँसो १ बजेका लागि तय गरिएको शपथ कार्यक्रम हावाहुरीले गर्दा करिब दुई घण्टा ढिलो भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply