चालु आर्थिक वर्षमा सरकारले नयाँ कार्यक्रम नल्याउने
२९ माघ, काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले खर्च कटौती गर्न राजस्व चुहावटमा संलग्न जोकोहीलाई कानुनको दायरामा ल्याउने प्रस्ताव प्रस्तुत गरेका छन् । संसदमा अर्थमन्त्री पौडेलले खर्च कटौती गर्न राजस्व चुहावटमा संलग्न जोकसैलाई पनि कानुनको दायरामा ल्याउने बताएका हुन् ।
अर्थतन्त्रको पुनरउत्थानमा सहयोग गर्न समेत सबैलाई आग्रह गरेका छन् । अर्थमन्त्री पौडेलले भने, ‘सार्वजनिक खर्च व्यवस्थापनतर्फ हालसम्म मापदण्ड, कार्यविधि निर्देशिका र सञ्चालन विधि स्वीकृत नभएका कार्यक्रमलाई पूर्ण वा आंशिक रुपमा स्थगित गरिने छ । अर्थ मन्त्रालयबाट स्रोतको सहमति लिएर कार्यान्वयनमा जान बाँकी रहेका कार्यक्रम समेत पुनः प्राथमिकीकरण गरी कार्यान्वयनमा लैजान पूर्व सम्बन्धित मन्त्रालयले अर्थ मन्त्रालयको सहमति लिनुपर्ने छ ।
चालु आर्थिक वर्ष २०७९-८० मा कुल सरकारी खर्च १७ खर्ब ९३ अर्ब ८३ करोड हुने सुरु अनुमान गरिएकोमा १५ खर्ब ४९ अर्ब ९९ करोड हुने संशोधित अनुमान छ ।
चालु खर्चतर्फ ११ खर्ब ८३ अर्ब २३ करोड सुरु विनियोजन भएकोमा १० खर्ब २१ अर्ब ९२ करोड संशोधित अनुमान छ । पुजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड सुरु विनियोजन भएकोमा ३ खर्ब १३ अर्ब ८५ करोड हुने संशोधीत अनुमान छ । मन्त्री पौडेलले आर्थिक वर्षमा थप दायित्व नपर्ने गरी कार्यक्रम प्रस्ताव नगर्ने बताए । खर्च हुन नसक्ने बजेट अर्थ मन्त्रालयमा समर्पन गर्नुपर्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply