सुर्खेत झडपमा प्रहरी घाइते, ४ राउण्ड अश्रुग्यास प्रहार

१ फागुन, सुर्खेत । दुर्घटनामा एक महिलाको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले द्ध राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ ।
मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।
मृतकका परिवार र पीडक पक्षबीच जिल्ला प्रहरी कार्यालयमा विहानैदेखि वार्ता भैरहेको छ, केही भट्काउ समूहले उग्रता मच्चाएपछि नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्ने आदेश दिइएको छ, प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ, बजारक्षेत्रको स्थिति सामान्य बन्दैछ ।
आइतबार बसको ठक्करबाट जाजरकोटकी नदी रावतको मृत्यु भएको थियो । आफन्तहरुले उक्त घटनाका दोषीलाई कारबाही र राहतको माग गर्दै सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply