राष्ट्रपति नपाए एमाले सरकारमा बस्दैन : भट्टराई
११ फागुन, रुकुम । नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० को सहमति पालना नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा आज (बिहीबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले सहमति पालना हुने कुरामा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था आए सरकारमा नबस्ने बताए । उनले पुस १० मा एमालेले राष्ट्रपति पाउने स्पष्ट सहमति रहेको पनि दाबी गरे ।
उनले त्यहि सहमति अनुसार सत्ता समीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनुपर्ने उनदे दावी गरे । पुरानो गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको बताउँदै उनले भने, सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमति अनुसार नै सत्ता समीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।
उनले यदि सहमति विपरित हुने अवस्था आएमा एमाले सरकारबाठ बाहिरिने स्पस्ट पारे । ‘एमालेले दुई वटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वन भयो भने हामी सरकारमा रहन्छौं, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौं ? उनले प्रश्न गरे ।
उनले एमाले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उनले कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनु पर्छ, त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने उनको भनाइ छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply