एमालेको सचिवालय बैठक जारी
१३ फागुन, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरु भएको छ । केही बेरअघिबाट च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक शुरु भएको हो । बैठकमा फेरिएको राजनीतिक समीकरण तथा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवार तयलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् ।
त्यस्तै सत्ता सहयात्री दल माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेसँगै एमाले सरकारमा बस्ने वा नबस्ने भन्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ । आठ दलबीच कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति जिताउनेबारे शुक्रबार भएको सहमतिको विषयलाई लिएर छलफल गर्न एमालेले शनिबार बिहान सचिवालय बैठक बोलाएको हो ।
सत्तासीन एमालेले भने राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रचण्डको निर्णयप्रति तीव्र असन्तुष्टि जनाएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरण बनाएर मुलुकलाई अस्थिरतातर्फ धकेलेको एमालेको आरोप छ । आजको बैठकले राष्ट्रपतिमा उम्मेदवार दिने/नदिने, सरकारमा रहने/नरहने भन्नेबारेमा समेत ठोस निर्णय गर्ने बताइएको छ ।
फागुन २५ गते हुने निर्वाचनका लागि आज बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ । पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए । यो गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी थिए । राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन् । कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ । योसँगै प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply