भैंसेपाटी पुगेर ओलीले भेटे वामदेव गौतम
१७ फागुन,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ भदौमा पार्टी छाडेर हिँडेका पूर्व उपाध्यक्ष वामदेव गौतमलाई बुधबार भैंसेपाटी पुगेर भेटेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले पार्टीमा पुराना सहकर्मीसँग व्यक्तिगत भेटघाट भएको जानकारी दिए । ‘उहाँहरु कम्युनिष्ट आन्दोलनका पुराना सहकर्मी र योद्धा हुनुहुन्छ, उनले भने, लामो समय भएको थियो भेट नभएको। पुराना सहकर्मीसँगको यो भेटघाट व्यक्तिगत हो ।
२०७७ माघमै नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेर अघि बढेका गौतमले ओलीकै कारण आफूले एमाले छाड्नु परेको बताएका थिए । २०७८ भदौमा औपचारिक रुपमाा एमालेबाट राजीनामा दिएका उनी पछिल्लो समय अन्य दलमा सक्रिय छैनन् ।
उनलाई पार्टीमा भित्र्याउन एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीले पनि कोशिस गरेको थियो । तर जनताको बहुदलीय जनवादलाई स्वीकारेर जानुपर्ने अडान गौतमले लिएका थिए । कुनै बेला माओवादीसँग पनि निकट उनी अहिले कुनै ठूला पार्टीमा जान सकेका छैनन् । आफैंले गठन गरेको पार्टीले पनि राम्रो गति लिन सकेकै छैन । अहिले उनी राष्ट्रियसभा सदस्य छन् ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply