लिग टू क्रिकेट : नेपालले पायो २०८ रनको लक्ष्य
१८ फागुन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईबाट जितका लागि २०८ रनको लक्ष्य पाएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोद्यी यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।
यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाए । रोहन मुस्ताफाले अविजित ५२ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । पहिलो ओभरमै ओपनर मुहम्मद वासिमलाई नेपालका करण केसीले बोल्ड गरेपछि आसिफ खानले एक छेउबाट इनिङ्सम सम्हालेका थिए ।
उनले दोस्रो विकेटका लागि भृत्य अरभिन्दसँग ४६ रनको साझेदारी गरे । अरभिन्दले १८ रन जोडे । नेपालका सन्दीप लामिछाने अरभिन्दलाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।
श्याम ढकालको स्थानमा नेपाली टिममा समावेश भएका सन्दीप बुधबार यूएई गएका थिए । उनी अघिल्लो खेलमा पपुवा न्युगिनी विरुद्ध डेब्यु गरेका प्रतिश जिसीको स्थानमा प्लेइङ सेटमा खेलेका थिए ।
यस्तै आसिफ खानले तेस्रो विकेटका लागि कप्तान सिपी रिजवानसँग ४३ रनको साझेदारी गरे । २२ रन बनाएका कप्तान रिजवानलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याच आउट गराए ।
आसिफले ३७औं ओभरमा आउट हुनुअघि रोहन मुस्ताफासँग चौथो विकेटका लागि ५० रनको साझेदारी गरे । आसिफ खानले ९९ बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए ।
उनलाई सन्दीपले करण केसीबाट क्याचआउट गराए । त्यसपछि क्रसमा आएका आलिसान शाराफुलाई आसिफ शेखले बोल्ड गरे । मुस्ताफा र आर्यल लाक्राले छैटौं विकेटका लागि ५८ रनको साझेदारी गर्दै यूएईको स्कोर २०० पुर्याएका थिए ।
सन्दीपले ४९औं ओभरमा लाक्रालाई बोल्ड गर्दै साझेदारी तोडेका थिए । लाक्राले २८ रन बनाए । मुस्ताफाले अन्तिमसम्म खेल्दै ७६ बल खेल्दै २ चौका मद्दतमा ५२ रन बनाए । अन्तिम ओभरमा यूएईका दुई खेलाडी रनआउट भए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply