नेपाल यू–१९ क्रिकेट विश्वकपमा छनोट
१८ फागुन, काठमाडौं । यूएईलाई हराउँदै नेपाल यू१९ क्रिकेट विश्वकपमा छनोट भएको छ।
घरेलु टोली युएईलाई ७ रनले पराजित गर्दै नेपाली यू१९ टोली आगामी वर्ष श्रीलंकामा हुने विश्वकपमा छनोट भएको हो।
नेपाले दिएको १९२ रनको सामान्य लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १८४ रन बनाउँदा अलआउट भयो।
यो जितसँगै नेपालले सन् २०१९ मा युएईसँगको हारको बदला लिएको छ।
सन् २०१९ मा भएको छनोट खेलमा नेपाल युएईसँग डर्कवर्थ लेविसको मेथडको आधारमा १ रनले पराजित हुँदा विश्वकप खेल्नबाट चुकेको थियो।
नेपालका हेमन्त धामी, दिपेश कँडेल र सुवास भण्डारीले समान २ विकेट लिए।
युएईका ओपनर आर्यना सक्सेना र आर्यान्स शर्माले त्यसअघि युएईको अजमानस्थित अर्डेन गार्डेन ओभल स्टेडियममा घरेलु टोली युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा १ सय ९१ रन बनाउँदा अल आउट भयो।
चौथो विकेटका लागि कप्तान देव खनाल र उत्तम रञ्जु थापा मगरले ८४ रनको साझेदार गर्दै नेपालको इनिङ्स उकासेका थिए।
देव ५१ रन बनाउँदा क्याच आउट भए। ८४ बलको सामना गरेका देवले ३ चौका र १ छक्का हाने।
उत्तमले ४८ बलमा ४ चौका र १ छक्का हान्दै ३६ रनमा पवेलियन फर्के। विशाल विक्रम केसीले ३८ रन थपे। विशालले ५० बलमा ५ चौका हाने।
मिलन बोहोरा १० रनमा रन आउट भए। हेमन्त धामी १३ रनमा क्याच आउट भए। दुवै ओपनरलाई सुरुवातमै गुमाएको नेपाली टोली दबाबमा आएको थियो।
नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको छ। दिपक बोहोरा शून्य र अर्जुन कुमाल ३ रनमा आउट भए। आकाश त्रिपाठी ९ रनमा बोल्ड आउट भए।
युएईका धुव परासरले ३ विकेट लिए। आयान अफ्जल खान र हरित हरिस सेट्टीले समान २ विकेट लिए। अर्सित सेट र अम्मर बदामीले एक एक विकेट आफ्नो नाममा गरे।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply