स्वार्थका लागि कसैको जिन्दगी जाने नहोस् : ओली
२१ फागुन, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीको स्वार्थका कारण १७ हजार नेपालीले ज्यान गुमाउनु परेको बताएका छन् ।
सुखानी सहिद दिवसको अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राजनीतिक स्वार्थले जनता मारिएको बताएका हुन् । ओलीले भने, २०५२ सालपछि राजनीतिक स्वार्थका लागि मान्छे मारिए । नेपालमा भएको के थियो ? के प्राप्तिका लागि मारिए ? के प्राप्तिका लागि १७ हजार मारिएको ? बहुदलीय व्यवस्था त छँदै थियो ।
संविधान सभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ भन्ने प्रश्न गर्दै ओलीले भने, जनयुद्धले पक्कै राजतन्त्र हटेको होइन होला । नेपाली जनताको जीवनको मूल्य प्रतिक्रियावादीले बुझेनन् । यस्तो शिलशिलाको अन्त्य होस । नेपालमा शान्ति छाओस् अरु कसैको स्वार्थका लागि कसैको जिन्दगी जाने स्थिति बनेको छ ।’ राजनीतिलाई छलछाम र षड्यन्त्रको खेल बनाउ नहुने बताउँदै ओलीले राजनीति आदर्शको विषय बन्नपर्ने बताए । अध्यक्ष केपी ओलीले जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्याको छानबिन माग गर्दा २१ जना मानिसको हत्या भएको बताएका छन् ।
मदन भण्डारीको हत्या भयो, जीवराज आश्रितको हत्या भयो । त्यस प्रसङ्गमा हामीले छानबिन होस् भनेर माग ग¥यौं । त्यो माग गर्दा मात्रै २१ जनालाई गोली हानेर हत्या गरियो, अध्यक्ष ओलीको भनाइ छ । आयोग बनाएर छानबिन गरिदेऊ भन्दा झापामा डिल्ली गौतमसहित थुप्रै ठाउँमा हत्या भएको अध्यक्ष ओलीको भनाइ छ । उनले बहुदल आएपछि कांग्रेसले डेमोक्रेसी रक्षाका लागि भन्दै अकारण गोली हानेर मार्ने गरेको बताए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply