राष्ट्रपति भण्डारीले फागुन २९ भित्र शीतलनिवास छाड्ने
२२ फागुन, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति विद्या भण्डारी आफ्नो दोस्रो कार्यकाल पुरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन् । उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ ।
फागुन २५ मा निर्वाचित हुने राष्ट्रपतिको शपथ कहिले हुन्छ सोही अनुसार सर्ने र नयाँ राष्ट्रपतिले शपथ लिएपछि शीतलनिवास आउन बाधा नपर्ने गरी खाली गर्ने योजना छ रहेको जानकारी दिंदै राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘सम्भवतः २९ भित्र सरिसक्नु हुनेछ ।
संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ । नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ । २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply