राष्ट्रपतिको हैसियतमा भण्डारीको भूमिका निष्पक्ष र वजनदार : ओली
२२ फागुन, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका रूपमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष र वजनदार भूमिका निर्वाह गरेको दावी गरेका छन् ।
एमालेले राष्ट्रपति निर्वाचनका लागि संघीय तथा प्रदेशका सांसदहरूका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने, ‘अहिलेसम्मको अनुभवमा देखेका छौं । सम्माननीय विद्यादेवी भण्डारीजीले राष्ट्रपतिको अत्यन्त ओजनदार, निष्पक्ष, महत्वपूर्ण अभिभावकीय भूमिकाको राष्ट्रपतिको हैसियतमा निष्पक्ष ढंगले काम गर्नु भएको छ ।
राष्ट्रपति भण्डारीको आलोचना स्वार्थअनुसार काम नभएपछि हुने गरेको ओलीले आरोप समेत लगाए । उनले भने, ‘आफ्नो स्वार्थअनुसार नहुने बित्तिकै बुरुक्क उफ्रिने, कराउने, वक्तव्यवाजी गर्ने, खण्डन गर्ने मण्डन गर्ने !
राष्ट्रपतिमा एमालेका उम्मेदवार सुवास नेम्वाङको पक्षमा भोट मागिरहेको एमालेले आफ्ना संघीय र प्रदेश सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । जसमा ओलीले वर्तमान राष्ट्रपति भण्डारीले निष्पक्ष र ओजनदार काम गरेको भन्दै प्रसंसा गरेका हुन् । राष्ट्रपति भण्डारीको दुई पटक संसद् विघटन गरेको, संसद्बाट पारित विधेयक रोकेको लगायतका कामका लागि आलोचना हुने गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply