हाइड्रोजन गाडी चढ्ने तयारीमा छु : प्रधानमन्त्री
२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन् । सोलुखोला दुधकोशी जलविद्युत परियोजना उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदै गएको र आफू हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले भने, ग्रीन इनर्जीबाट ग्रीन हाइड्रोजनतिर जाने यो उत्कृष्ट अवसर हो । डीजेल र पेट्रोलको गाडी होइन, हाइड्रोजन गाडी चढ्ने सुझाव आएको छ । त्यसका लागि पनि मैले तयारी गरेको छु । उनले नेपाल ग्रीन इनर्जीको प्रचुर सम्भावना रहेको देश भएको बताए ।
उनले थपे, प्रकृतिले हामीलाई धेरै चिज दिएको छ । म हाइड्रोजन गाडी तयारीमा छु । हाइड्रोजनको प्रयोग गुणात्मक रुपले वृद्धि हुँदैछ । हाइड्रोजनलाई आर्थिक उत्पादनसँग जोड्न जरुरी छ । अर्थतन्त्र संकट समाधानमा सरकार गम्भीर भएर लागेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply