माधव नेपाल सुविधाजनक बहुमतमा
सुन्धारामा क्याबिनेट ! काठमाडौं । समूह नेता चयनका क्रममा १९ मध्ये १० वटा टोलीमा भएको मतदान र मतदान नजिकिँदै गर्दा कार्यकर्ताहरू खुल्दै गएपछि एमाले महाधिवेशनमा वरिष्ठ नेता माधवकुमार नेपालका पक्षमा सुविधाजनक बहुमत देखिएको छ । दुई तिहाइले जित्ने दाबी गर्दै आएको अर्का नेता केपी ओली समूह अहिले रक्षात्मक भएपछि ‘अलि अप्ठेरो भयो’ र ‘प्रतिस्पर्धा हुने भयो’ भन्ने भाषा बोल्न थालेको छ । मंगलबार साँझसम्मको तथ्यांक अनुसार, वरिष्ठ नेता नेपाल १ सय ८१ मतले अघि देखिनुभएको छ । यो मत बढ्ने क्रम अझै जारी छ । हिजो मात्रै ओली समूहबाट प्रतिनिधि छानिएर आएका बाजुराका पूर्वअध्यक्ष प्रकाश शाहसहित १० जना ओली समर्थक प्रतिनिधिहरूले नेपाललाई सहयोग गर्ने घोषणा गरेका छन् । ‘अहिले पार्टीका लागि सक्रिय, जुझारु र समन्वयकारी नेता आवश्यक छ’– शाहले भने– ‘त्यसैले हामीले माधव नेपाललाई सघाउने निर्णय गरेका हौं ।’ मन्त्रीसमेत रहेका ओली पक्षका अनुदारमध्येका एक मानिने कर्णबहादुर थापाकै गृहजिल्लाबाट समेत नेपालका पक्षमा मत बढेपछि नेपाल पक्ष थप उत्साहित हुने नै भयो । टोली नेताको चयनमा खसेको मतमध्ये आफ्नो स्पष्ट बहुमत आएपछि नेपाल पक्षका कार्यकर्ता आफ्नो विजयप्रति थप विश्वस्त बनेका छन् । युवा नेता योगेश भट्टराईले बुधबारसँग भन्नुभयो– ‘सबै स्थिति स्पष्ट भएको छ । अब माधव नेपाल नेतृत्वको हाम्रो टिमको विजयलाई कसैले रोक्न सक्दैन ।’ सुन्धारामा क्याबिनेट !आफ्नो पक्षमा प्रतिनिधिको संख्या कम आएपछि ओली समूहमा रहेका मन्त्रीहरू राज्यशक्तिको प्रयोग गरेर भए पनि प्रतिनिधिहरूलाई प्रभावित पार्ने अभियानमा लागेका छन् । त्यसको नेतृत्व गरेका छन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले । उनी राति राति अघि–पछि प्रहरी लगाएर प्रतिनिधिहरू बसेका होटलहरूमा जाने, प्रतिनिधिहरूलाई सामूहिक र एक्लाएक्लै भेट्ने, सरुवा र जागिरका लागि नाम टिपाउन भन्ने जस्ता काममा सक्रिय छन् । रौतहटका प्रतिनिधि रामबाबु बैठाले भने– ‘अहिले मन्त्रीहरूको तामझाम हेर्दा सुन्धारामै क्याबिनेट बैठक बस्दैछ भन्ने जस्तो देखिन्छ ।’ कार्यकर्तालाई प्रलोभन अहिले सरकारमा ओली पक्षका मन्त्रीहरू बढी भएका कारण उनीहरूले कार्यकर्तालाई विभिन्न प्रलोभन दिइरहेको नेपाल पक्षको भनाइ छ । यसमा गृहमन्त्री गौतम सबभन्दा बढी सक्रिय हुने नै भए, त्यसबाहेक स्वास्थ्यमन्त्री खगराज अधिकारी, उद्योगमन्त्री कर्णबहादुर थापा, कृषिमन्त्री हरिप्रसाद पराजुलीलगायतको विशेष सक्रियता छ । बाँकेका एक प्रतिनिधिले भने, ‘मलाई कृषिमन्त्रीले प्याफको कार्यक्रम हालिदिन्छु भनेर निवेदनमा तोक लगाइदिनुभएको छ ।’
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply