राष्ट्रपति चयनका लागि आज मतदान
२५ फागुन, काठमाडौं । मुलुकको नयाँ राष्ट्रपति चयनका लागि आज (बिहीबार) मतदान हुँदैछ । मतदान बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० देखि दिउँसो ३ बजेसम्म हुनेछ ।
मतदानका लागि संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै दुईवटा मतदान केन्द्र रहेको छ । मतदानका लागि महिला र पुरुषका लागि बेग्लाबेग्लै लाइनको व्यवस्थापन गरिएको छ । निर्वाचन र मतगणनाका लागि आवश्यक पर्याप्त सुरक्षा व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा सदस्य (२७५ जना), राष्ट्रिय सभा सदस्य (५९ जना) र ७ वटै प्रदेश सभाका सदस्य (५ सय ५०) गरी ८ सय ८४ जना मतदाता रहेका छन् । निर्वाचनमा संघीय सांसदको एक मत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । राष्ट्रपतिका लागि नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल प्रतिष्पर्धामा छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो ३ बजे मतदान कार्य सम्पन्न भएसँगै मतगणना कार्य सुरु गर्ने र साँझ ७ बजेभित्र परिणाम घोषणा गर्ने तयारी रहेको छ । नतिजा सार्वजनिक हुने बित्तिकै नेपालले चौंथो कार्यकालका लागि तेस्रो राष्ट्रपति पाउने छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply