सत्ता गठबन्धनको शीर्ष नेताहरूको बैठक बस्दै
२७ फागुन, काठमाडौं । उपराष्ट्रपतिबारे निर्णय गर्न आठ दलीय सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने छ ।
सिंहदरबारमा बस्ने बैठकमा शीर्ष नेतासहित कार्यदलको बैठक बस्ने नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
जनता समाजवादी पार्टीले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै जनमत पार्टीले पनि ममता झालाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ । यस्तै नागरिक उन्मक्ति पार्टीले अध्यक्ष रञ्जिता चौधरीलाई उपराष्ट्रपतिमा उठाउने निर्णय गरेको छ ।
तर उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि ४५ बर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । चौधरीको उमेर ३९ बर्ष मात्र रहेकाले उपराष्ट्रपतिका लागि उनका उमेर वाधक देखिएको छ । यता जसपाले उपराष्ट्रपति आफूहरुलाई दिन सत्ता गठबन्धनमा सहमति भएको दावी गरे पनि सत्तारुढ अन्य दलहरुले भने उपराष्ट्रपति कसलाई दिने भन्नेबारे निर्णय भइनसकेको जनाएका छन् ।
निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष बन्न नपाउने निर्णय गरेपछि गठबन्धन अन्योलमा परेको छ । उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply