२८ फाल्गुन २०७९, आईतवार ०५:२२
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सिन्धुलीको फिक्कलमा बस दुर्घटना : कम्तिमा छ जनाको मृत्यु
२८ फागुन, सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकास्थित कुइभिरमा आज यात्रुवाहक बस दुर्घटना भएको छ । ओखलढुंगाको रुम्जाटारबाट काठमाडौं जादैं गरेको बा २ ख ६५९६ नं को सो बस दुर्घटनामा कम्तिमा ६ जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जनाएका छन् ।
घटनास्थलमा रहेका स्थानीयले बताए अनुसार बसको ब्रेक फेल भएपछि कोशीमा झर्नबाट जोगाउन चालकले बसलाई भीरमा ठोकाएका थिए । दुर्घटनामा पाँच जनाको लास निकालिइसकेको र कमितमा १ जनाको लास च्यापिएको अवस्थामा देखिएकाले निकाल्नका लागि जेसिभि मगाइएको छ । च्यापिएको अवस्थामा अरु पनि लास हुन सक्ने अनुमान गरिएको छ ।
घटनास्थलबाट २० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि काठमाडौं पठाइसकिएको छ । काठमाडौ पठाइएका घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ । मृतकहरु को परिचय खुलिसकेको छैन ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply