पीएनजी ९५ रनमा अलआउट
२९ फागुन, काठमाडौं । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल पिएनजीबाट ९६ रनको झिनो लक्ष्य पाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी ३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो।
पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे।
ललित राजवंशीले २ विकेट झारे। ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए। कुशल मल्लले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो।
स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए। अर्का अोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए।
कप्तान असद भाला २० रन बनाउँदा सन्दीपको बलमा ललितको हातबाट क्याच आउट भए। चार्ल्स अमिनी १६ रनमा सन्दीपको बलमा ललितकै हातबाट क्याच आउट भए। रिले हेकुरे ४ रन बनाउँदा ललितको बलमा क्याच आउट भए।
नोर्मान भनुवा शुन्य रनमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्यच आउट भए। हिला भनुवा ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए।
कवुवा मोरिया १ रन बनाउँदा कुशल मल्लको बलमा भिम सार्कीबाट क्याच आउट भए।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply