कांग्रेसले आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले दियो उजुरी

१ चैत, काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन दिने कांग्रेसको निर्णयप्रति एमालेले आयोगको ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले कांग्रेसले आचारसंहिता विपरित कार्य गरेको उल्लेख गर्दै एमालेले उजुरी गरेको जानकारी दिएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बर्तौलाले चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गए रातिबाट निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा उपराष्ट्रपति पदका उम्मेदवार राम सहाय यादवको पक्षमा मत मागेको बताएका हुन् ।
चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनको लागि हिजो राति १२ बजेदेखि शून्य समय प्रारम्भ भएको छ । शून्य समयमा कुनै पनि उम्मेदवारको पक्षमा कसैले मत माग्नु वा निर्वाचनलाई प्रभावित गर्ने गरि उम्मेदवारको पक्षमा निर्णय गर्नु वा प्रचार गर्नु निर्वाचन आचारसंहिता विपरित हुन्छ । तर शून्य समय प्रारम्भ भैसकेको अवस्थामा आज नेपाली कांग्रेसले बैठक बसेर निर्वाचन आचारसंहिता विपरित उपराष्ट्रपतिमा राम सहायप्रसाद यादवको पक्षमा भोट हाल्न आफ्ना सांसदहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ ।
आजै बसेको कांग्रेसको कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको थियो । आचारसंहिता उल्लंघनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगमा उजुरी दिइएको एमालेको सचिवालयले जनाएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि गए राति १२ बजेबाट मौनअवधि सुरू हो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply