५ चैत्र २०७९, आईतवार ०२:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
कांग्रेस कार्य सम्पादन समिति र संसदीय दलको बैठक बस्दै
५ चैत, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज (आइतबार) बस्दै छ । आज बिहान साढे १० बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
आजै मध्याह्न १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ । बैठक संसद् भवनको ल्होत्से हलमा बस्ने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) विश्वासको मत लिँदैछन् । कांग्रेस बैठकमा विश्वासको मत, प्रतिनिधिसभा बैठकमा बस्ने स्थानलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक पनि बस्दै छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply