प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा जाने कांग्रेसको निर्णय
५ चैत, काठमाडौं । नेपाली कांग्रेसले आज (आइतबार) को संसद बैठकदेखि सत्तापक्षमा बस्ने निर्णय गरेको छ । आज (आइतबार) बिहान बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने र सरकारमा पनि सहभागी हुने निर्णय गरिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
कार्यसम्पादन समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बसेको थियो । आजै मध्याह्न १२ बजे संसद् भवनकै ल्होत्से हलमा कांग्रेसको संसदीय दलको बैठक बस्ने छ । संसदीय दलको बैठकबाट यी निर्णय अनुमोदन गरिने छ ।
यसअघि संसदमा कांग्रेस र एमालेले प्रमुख प्रतिपक्षी दाबी गर्दा संसद बैठक प्रभावित भएको थियो । फागुन १७ गतेका लागि बोलाइएको संसद बैठकमा कांग्रेस र एमाले दुवैको प्रमुख विपक्षीको दाबी थियो । सरकारमा जाने निर्णय गरेर कांग्रेस सत्ता पक्षको बेञ्चमा बसेपछि एमालेलाई प्रमुख प्रतिपक्षीको बेन्चेमा बस्न बाटो खुला भएको छ ।
गत पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमै बसेको थियो । राष्ट्रपति निर्वाचनमा पुस १० को सत्ता समीकरणमा फेरबदल आएपछि एमाले विपक्षी कित्तामा पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाएर एमालेले समर्थन पनि फिर्ता लिइसकेको छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply