पुल्चोक क्याम्पसमा अनेरास्ववियुका विराज अर्याल विजयी
५ चैत, काठमाडौं । ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्वियुका विराज अर्याल स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजयी भएका छन्।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत त्यहाँ विद्युतीय मतदान भएको थियो। अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष संगम अर्यालले पनि पुल्चोकमा अनेरास्ववियु विजयी भएको पुष्टि गरे।
यहाँ अर्यालले अखिल क्रान्तिकारीका अजयकुमार मण्डललाई ३० मतले हराएका हुन्।
त्यसैगरी यहाँ नेविसंघबाट विद्रोह गरेका शंकर पन्थी र स्वतन्त्रबाट युरिका वन तथा नविन खनाल सभापतिका लागि प्रतिस्पर्धामा थिए।
२६ सय ९९ मतदाता रहेकोमा यहाँ २३ सय ४१ जनाले मतदान गरेका थिए। इन्जिनियरिङ पढाइ हुने यहाँ विद्युतीय मेसिनको प्रयोग हुँदा मतदान पनि चाँडो भएको थियो।
२०४९ सालको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघका उम्मेदवार नारायण काफ्ले सभापतिमा विजयी हुनुअघिसम्म पुल्चोक क्याम्पस कम्युनिष्टहरूको गढ थियो। त्यसपछि यहाँ मिश्रित नतिजा आउँथ्यो।
२०४९ अघि पुल्चोक क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका भरत पहारी निर्वाचित भएका थिए।
२०६३ मा नेपाल विद्यार्थी संघका जनकराज जोशी र २०६५ मा अनेरास्ववियुका प्रकाश सापकोटा स्ववियु सभापतिमा निर्वाचित भएका थिए।
२०७३ को स्ववियु चुनावमा पुल्चोक क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट रोशन थापा मगर विजयी भएका थिए।
पुल्चोक क्याम्पसमा अध्ययन गर्न हरेक वर्ष प्रवेश परीक्षामा सहभागी झण्डै १४ हजार विद्यार्थीमध्येबाट ५०० देखि ६०० विद्यार्थी छानिन्छन्।
यसरी छानिएका २ हजार ६९९ विद्यार्थीले यसपटक पुल्चोक क्याम्पस स्ववियुमा १९ जनाको कार्यसमिति छानेका हुन्।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply