८ चैत्र २०७९, बुधबार ०१:४०
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
उपनिर्वाचनका लागि आजबाट दल दर्ता

८ चैत, काठमाडौं । आउँदो बैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट दल दर्ता हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनका लागि आजदेखि चैत १२ गतेसम्मका लागि समय दिएको छ ।
आयोगले तनहुँ–१ र बारा–२ को उपनिर्वाचनमा भाग लिन दल दर्ताका लागि आह्वान गरेको हो । चितवन–२ मा हुने उपनिर्वाचनका लागि आयोगले यसअघि नै दल दर्ता गरेको थियो । तनहुँ–१ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुन लागेको हो ।
यसैगरी चितवन–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछाने नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि उपनिर्वाचन हुन लागेको हो । दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपी, विधान, नियमावली तथा घोषणा पत्रलगायत कागजात संलग्न हुनुपर्ने आयोगले जनाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply