माओवादी लुम्बिनी संसदीय दलको बैठक बस्दै, सरकारबाट बाहिरिनेबारे छलफल हुने
९ चैत, काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रको प्रदेश संसदीय दलको बैठक बस्दै छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि सरकार फेरबदलको चर्चा भइरहेका बेला माओवादी केन्द्र लुम्बिनी दलको बैठक बस्न लागेको हो।
दिउँसो १२ बजे भैरहवामा बैठक बस्ने प्रदेश सरकारमा माओवादी केन्द्रबाट मन्त्री रहेका इन्द्रजित थारुले जानकारी दिए। बैठकमा प्रदेश सरकारबाट बाहिरिनेबारे छलफल हुने भए पनि आजै निर्णय नहुने उनको भनाइ छ।
‘नयाँ गठबन्धनअनुसार केन्द्रबाट सातवटै प्रदेशको मुख्यमन्त्रीबारे निर्णय नहुँदासम्म लुम्बिनीमा सरकार फेर्ने प्रक्रिया सुरु हुँदैन’, उनले भने, ‘प्रक्रिया सुरु नहुँदासम्म हामी सरकारबाट निस्कदैनौं। आजको छलफलबाट पनि निर्णय त्यही नै हुन्छ।’
यता कांग्रेसलगायत गठबन्धनका अन्य दल भने माओवादी केन्द्रको निर्णय कुरेका छन्।
राष्ट्रपतिको चुनावमा नेकपा माओवादी केन्द्रले कांग्रेसलाई समर्थन गर्ने भएपछि फागुन दोस्रो साता नेकपा एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरियो। एमालेसँगको सहकार्य टुटेपछि माओवादी केन्द्र, कांग्रेस र अन्य साना दलहरुसहितको नयाँ गठबन्धन बन्यो।
आफू नेतृत्वको सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट पुन: विश्वासको मत पनि लिइसकेका छन्।
लुम्बिनी प्रदेशमा एमालेका लीला गिरी मुख्यमन्त्री छन्। माओवादी केन्द्रलगायत अन्य दल भने अझै सरकारमै छन्।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply